Comments Add Comment

जवरजस्ती धर्म परिवर्तन गराउनेलाई सिडीओहरुको साथ: मन्त्री मैनाली

Cp-Mainali
२३ असार, काठमाडौं । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले बालबालिकाहरुलाई जर्बजस्ती धर्म परिवर्तन गराउने काममा विभिन्न्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले साथ दिएको आरोप लगाएका छन् ।

केन्द्रीय बाल कल्याण समिति र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले बिहीवार काठमाडौमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले एनजीओका धर्म सम्बन्धी किताब वितरण गर्ने कार्यक्रमलाई सीडिओहरुले स्वीकृत गरेको आरोप लगाए ।

(याे पढ्नुस्ः चितवनका अधिकांश बालगृहमा क्रिश्चियन धर्म प्रचार)

गैरसरकारी संस्थाहरुले बालगृह सञ्चालनको नाममा धर्म परिवर्तन गराईरहँदा पनि सिडीओहरु चुप बस्नु शंकास्पद् रहेको बताए । उनले एनजीओहरुले एउटा कार्यक्रमको स्वीकृति लिएर अर्को कार्यक्रम गरिरहेको बारेमा अनुगमन आवश्यक रहेका बेला सीडीओहरुले धर्मका किताब वितरण सम्बन्धी कार्यक्रम स्वीकृत गरेर गलत मनसायले काम गरिरहेका एनजीओहरुलाई साथ दिइरहेको आरोप बताए ।

उपप्रधानमन्त्री मैनालीले कानून विपरित धर्मको प्रचार गर्ने र बालबालिकालाई जर्बजस्ती धर्म परिवर्तन गर्न लगाउने एनजीओहरुमाथि निगरानी राख्न सीडीओहरुसँग आग्रह गरे ।

उनले अप्ठेरो अवस्थामा परेका बालबालिकाको संरक्षण गर्ने नाममा खासगरी विदेशीहरुले सञ्चालन गरेका बालगृहहरुले बालअधिकारको हनन् गरिरहेको भन्दै यसलाई गम्भिरतापूर्वक लिएर दोषीलाई कारवाहीको दायरामा ल्याउन नेपाल प्रहरीका अधिकृतहरुसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले बालबालिकाको संरक्षण गर्ने नाममा कानून विपरितका गतिविधि गर्ने एनजीओ र बालगृहलाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको तर त्यसका लागि नियमक निकायले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment