Comments Add Comment

जीतुको प्रश्न-‘लाखमाथि घुस लिने किन रंगेहात पक्राउ पर्दैनन् ?

Jitu Nepal (1)
सामाजिक संजालमा कलाकारहरुले देशको अवस्थाबारे विभिन्न खालका भनाई सार्वजनिक गर्ने गरेका छन् । देशमा देखिएको विकृती, विसंगतीमा कलाकारले आफ्नो भनाई राख्ने गतिलो ठाउँ भएको छ, सामाजिक संजाल ।

यीनै कलाकारको भीडमा पर्छन्, हाँस्य अभिनेता जीतु नेपाल । उनले सामाजिक संजालमा भ्रष्टचार र घुसको बिषयमा लेखेको एउटा स्टाटसमा अहिले धेरैले प्रतिक्रिया दिइरहेका छन् ।

जीतुले लेखेका छन्-‘एक लाख घुस लिदा लिदै पक्राउ । पचाँसहजार लिदा लिदै पक्राउ । के घुस यत्तीमात्रै होत हाम्रो देशमा ? यदि यत्ती मात्रै हो भने त संसारकै कम भ्रष्टाचार हुने देशमा पथ्र्यो होला हाम्रो देश ।’

उनले लाखलाई समातेर करोडौवालाई सर्तक हुने संकेत त होइन भनेर आशंका पनि व्यक्त गरेका छन् । उनले लाख भन्दा माथि घुस लिनेहरु किन पक्राउ पर्दैनन् भनेर प्रश्न गरेका छन् ? उनले सायद चेकमा कारोबार भएर हो कि भनेर प्रश्न पनि सोझाएका छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment