+
+
Shares

बाढी पहिरोले दुई महिनामा ४७ को मृत्यु, १६ अझै वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २४ गते ११:५१

Shakti Basnet२४ असार, काठमाडौं । दुई महिनामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु भएको सरकारले बताएको छ ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री शक्ति बस्नेतले जेठ १ देखि असार २३ गतेसम्म भएका बाढी पहिरोका ११२ घटना भएको जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म मृतकको संख्या ४७ पुगेको छ भने १६ जना अझै हराइरहेका छन् ।

५७ जना घाइते भएका छन् । १३८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १६० मा आंशिक क्षति भएको छ ।

उनका अनुसार बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा भएका क्षतिबारे पनि जानकारी गराएका छन् । भोटेकोशीमा आएको बाढीले ठूलो क्षति भएपनि सुरक्षाकर्मीले समयमै सचेतता अपनाएका कारण मानवीय क्षति नभएको उनले बताए ।

उनका अनुसार अरनिको राजमार्गको ४ किलोमिटर सडक अवरुद्ध भएको छ ।  साथै सिन्धुपाल्चोकका प्रभावितहरुलाई अन्यत्र वा नजिकैको सुरक्षित स्थानमा सार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?