+
+
Shares

भाषाविद आङदेम्बेको निधन

नरेन्द्र रिमाल नरेन्द्र रिमाल
२०७३ असार २४ गते १४:३४

२४ असार, पाँचथर । भाषाविद तथा लेखक समालोचक तेजमान आङदेम्बेको निधन भएको छ । भाषिक अनुसन्धान क्षेत्रमा क्रियाशील आङदेम्बे लामो समयदेखि जन्डिस रोगबाट ग्रसित थिए ।

Tejman-Aangdembeवि.सं. २०२२ साल पुष १३ गते पाँचथरको लुम्फाबुङ-३ मा जन्मिएका आङदेम्बेको बिहीबार अपरान्ह साढे चार बजे आफ्नै निबासमा निधन भएको उनका भाइ लिकराम आङदेम्बेले जानकारी दिए ।

महेन्द्र बहुमुखी क्याम्पस ताहाचालबाट ऐच्छिक अंग्रेजी बिषयमा बिएड गरी विद्यावारिधीका लागि लाइडन विश्वविद्यालयको तुलनात्मक भाषाविज्ञान विभागमा अध्ययन गर्दा गर्दै प्रमोटरसँगको विवादका कारण नेपाल फर्किएर उनी भाषाविज्ञानका क्षेत्रमा खोज अनुसन्धानमा लागेका थिए ।

अध्ययन अनुसन्धानसँगै उनी अध्यापन पेशामा पनि संलग्न थिए । भाषा विज्ञानका क्षेत्रमा सैद्धान्तिक महत्व राख्ने दर्जनौं लेखहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएको छ ।

हालसम्म प्रकाशित कृतिहरुमध्ये उनका ‘द क्लासिकल लिम्बू ल्याङ्ग्वेजः अ ग्रामर एण्ड डिस्नरी अफ किराँत मुन्धुम’, ‘भाषा, सँस्कृति र इतिहासका क्यान्सरहरु’ चर्चित छन् । रेडियो नेपाल सिंहदरवारमा क्षेत्रीय प्रसारण केन्द्रका लागि समाचार बाचकको समेत अनुभव संगालेका उनी लिम्बू, नेपाली, हिन्दी, डच र अङ्ग्रेजी भाषामा दख्खल राख्दथे ।

उनका १ छोरा र श्रीमती छन् । लिम्बू परम्परा अनुसार शनिबार विहान अन्तिम दाहासँस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधनले भाषा इतिहास र संस्कृतिमा अतुलनीय क्षति पुगेको स्थानीय बुद्धिजिविहरुले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?