Comments Add Comment

रेनाटो सान्चेसः ५० वटा बलसँग साटिएका प्रभावशाली फुटबलर

Renato-Sanches

काठमाडौं । ढिलो चाँडो आफ्नो उमेर विवादको विषयमा उनले सम्बोधन गर्लान् । तर, १८ बर्षीय पोर्चुगिल मिडफिल्डर रेनाटो सान्चेस युरो २०१६ मा सबैभन्दा धेरै प्रभावशाली युुवा फुटबलरको रुपमा छाप छोड्न चाहन्छन् ।

उनी घरेलु टोली फ्रान्सबिरुद्ध आइतबार हुने फाइनलको तयारीमा छन् । फान्सले जर्मनीलाई हराएर पोर्चुगलसँगको भेट पक्का गरेको छ ।

के हो उमेर विवाद ?

युरोपकै सबैभन्दा महंगा किशोर खेलाडी सान्चेसको उमेरविवाद वेल्ससँग सेमिफाइनल खेल्नु अघि सतहमा आएको थियो ।

उमेरको सवालमा बेनफिका स्टारमाथि स्पोर्टिङ गिजोनका समर्थकले विवाद सुरु गरेका थिए । जसलाई उनकै गाय रुजले चप चर्काए ।

फ्रान्सेली क्लब अक्सिरमा करिव ४५ बर्ष प्रशिक्षण संहालेका पूर्व प्रशिक्षक गाय रुजले उनी १८ होइन, २४ बर्षका भएको दाबी गरेका छन् । उनले त्यसलाई प्रमाणित गर्न यो भनेका छन् कि उनको जन्मभन्दा पाँच बर्षपछि मात्र जन्मदर्ता गरिएको थियो र त्यसपछि उनका मातापिता अलग भएका थिए ।

सान्चेस र उनका परिवारले होलसेल रुपमा खण्डन गरिसकेका छन् । जेसुकै होस्, युरो २०१६ को क्वार्टरफाइनलमा पोल्याण्डबिरुद्धको म्यान अफ द म्याच प्रदर्शनले उनलाई रोनाल्डोको उत्कृष्ट विकल्पको रुपमा हेर्न थालिएको छ ।

रेनाटो सान्चेस ८ बर्षको हुँदा लिस्वनको युवा टोलीबाट खेलिरहेका बेला बेनफिकाले फेला पारेको थियो । सान्चेसको जन्मस्थानको छिमेकी पोर्चुगलको एगुयाज दा मुसग्वेइरा विश्वउत्कृष्ट खेलाडीहरु जन्माउने शहर हो ।

जहाँबाट स्थानीय क्लबलाई ५० वटा फुटबल दिएर बेनफिकाले सान्चेसलाई आफ्नो बनाएको थियो । त्यसको १० बर्षपछि जर्मन च्याम्पियन बार्यन म्यूनिखलाई उसले ६० मिलियन युरोमा बेच्ने सहमतिको नजिक पुगेको छ ।

सान्चेसको तीव्र बिकास पछिल्लो १ बर्षमा भएको थियो । जसकारण उनी पोर्चुगलको अण्डर २१ टोलीमा पर्न सफल भए । जहाँ उनले चेक रिपब्लिकसँग अण्डर २१ युरोकप फुटबलको फाइनल खेलेका थिए ।

उनले बेनफिकाको टोलीबाट गत बर्षको अक्टोबरमा सब्सिच्युड खेलाडीको रुपमा डेब्यु गरेका थिए । त्यसै महिना उनी बेनफिकाबाटै च्याम्पियन्स लिगसमेत खेले ।

त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनले पोर्चुगिज टोलीबाट यसै बर्षको मार्चमा बुल्गेरियाबिरुद्ध डेब्यू गरेका थिए ।

सान्चेसमाथि लामो समयदेखि म्यान्चेस्टर युनाईटेडको नजर लागिरहेको थियो । उनीपनि युनाइटेडका लागि इच्छुक थिए ।

तर, लुइस भान गालको बर्खास्ती ढिला हुनु र जोजे माउरिन्होको सम्झौतापनि ढिला भएपछि उनका म्यानेजर जर्ज मेण्डेसले बार्यन म्यूनिखका उनका लागि कुरा गर्न थाले । जहाँ कार्लो एन्सेलोटीले निर्धक्कसँग उनलाई खरिदका लागि राजी भए । फ्रान्समा उनको प्रदर्शनले पनि यसमा ठूलो भूमिका खेलेको थियो ।

आफ्नो एकेडेमीमा उनको स्तरका खेलाडी नभेटेपछि बार्यनले सान्चेसमाथि लगानी गर्ने निर्णय गरेको हो ।

तर, यो मान्यतापनि छ कि उनले युरोकपमा हुने प्रदर्शन गर्नेछन्, त्यस आधारमा उनको मूल्य पनि बढ्न सक्नेछ ।

क्वार्टरफाइनलमा पोल्याण्डबिरुद्ध पहिलो हाफमा उनले शानदार प्रदर्शन गरेका थिए । जहाँ उनले पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए ।

जुन गोल पोल्याण्डका ग्रेगोर्ज क्रिचोविकको खुट्टाबाट डिफ्लेक्ट भएर गोलमा परिणत गएको थियो । यसबाट के पुष्टि भएको छ भने उनी क्रिचोविकजस्ता अनुभवी खेलाडीबिरुद्ध पनि प्रतिस्पर्धा गर्न सक्षम भएका छन् ।

दोस्रो हाफमा उनले पोल्याण्डको आक्रमण रोक्न डिफेण्डरको नजिक रहेर खेले, जुन प्रशिक्षक फर्नाण्डो सान्तोषको पुरातनवादी रणनीति थियो । यी किशोर खेलाडीलाई रोनाल्डोको पछाडि रहेर १० नम्बर पोजिसनबाट खेलाइएको छ र यो निक्कै प्रभावकारी भएको छ । पोल्याण्डबिरुद्धको खेलमा पेनाल्टी शुटआउटमा रोनाल्डोपछि दोस्रो पेनाल्टी प्रहार गरेका थिए र उनी निक्कै आत्मविश्वासी पनि देखिएका थिए ।

‘प्रशिक्षकले मलाई विश्वास गरेका छन् र म यो जिम्मेबारीमा निक्कै आत्मविश्वासी छु’ सान्चेसले भने, ‘म केवल गोल कसरी गर्ने भन्ने सोच्छु । यसका लागि शान्त र एकाग्र हुनुपर्छ । म बलसँग दौडन्छु र जे गर्छु त्यो सँधै गर्दै आइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment