+
+
Shares

जङ्गली च्याउ खाँदा गोरखामा दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २५ गते ९:४७

२५ असार, गोरखा । जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् ।

mosrumकाशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार मृत्यु भएको हो भने ६ वर्षीया तिर्सना गुरुङ बिरामी छिन् । उनको काशीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

रविना र तिर्सना फूलमायाकी छोरीकीे छोरी (नातिनी) हुन् । उनीहरु काशीगाउँ–३ स्थित कोनाम्चेमा रहेको गोठमा बस्दै आएका थिए । “गाई गोठमा बस्दै आएका उनीहरुले विषालु च्याउ खाएका रहेछन्” काशीगाउँ गाविसका सहायक चन्द्रबहादुर गुरुङले भने, “च्याउको झोल मात्रै पिएकी तिर्सना बिरामी छिन् ।” च्याउ खाएलगत्तै तिर्सनाले बान्ता गरेकीले उनी बाँच्न सफल भएकी गुरुङले बताए ।

जङ्गलमा उम्रेको विषालु च्याउको तरकारी खाँदा फूलमाया र रविनाको मृत्यु भएको गाविस सचिव दीपक गुरुङको भनाइ छ । उपचाररत तिर्सनाले बताएअनुसार फूलमाया र रविनाले च्याउको तरकारी खाएको स्थानीय शिक्षक धनकुमार घलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?