Comments Add Comment

अन्तरपार्टी युवा सञ्जालद्धारा युवा परिषद बाहिस्कारको घोषणा

Youth-sanjal

२५ असार, काठमाडौं । प्रमुख पार्टीका युवा भातृ संगठनहरु सम्मिलित अन्तरपार्टी यूवा सञ्जालले राष्ट्रिय यूवा परिषद र यूवा तथा खेलकुद मन्त्रालयले गर्ने सम्पूर्ण गतिविधि बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

सञ्जालले शनिबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री अध्यक्ष रहेको परिषदमा एउटा दल (एमाले)को कार्यकर्तामात्र भर्ति गरेर भर्तिकेन्द्र जस्तो बनाएको आरोप लगाएको छ । सबैलाई समेट्ने गरी पुनर्गठन नगरुन्जेसम्म युवा परिषद् र मन्त्रालयको सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने सञ्जालले घोषणा गरेको छ ।

सञ्जालकी संयोजक राधा घलेले परिषद गठनमा अन्य संगठनको भूमिकालाई अवमुल्यन गर्न खोजिएको आरोप लगाएन् । असार २६ गते प्रधानमन्त्रीबाट परिषदको कार्यालय उद्घाटन कार्यक्रमलाई बाहिस्कार गर्ने र त्यसलाई तत्काल नसच्याए थप आन्दोलनको कार्यक्रम ल्याउने उनले स्पष्ट पारिन् ।

यूवा तथा खेलकुद मन्त्रालयले गत असार १९ गते परिषदलाई विस्तार गरी पूर्णता दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment