+
+
Shares

वनमा फसेका २३ परिवारलाई खाद्यान्य र कपडा पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते ९:२३

२६ असार, ताप्लेजुङ । ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पुर्याइएको छ ।

Taplejungबिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका लागि पुग्ने गरी खाद्यान्नलगायतका सामग्री घुन्साका स्थानीयवासीले पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

केही दिनअघि चौँरी लिएर गएका स्थानीयवासी २३ परिवार चौँरी लिएर फर्कन नसक्ने भएकाले उनीहरुका लागि केही दिनलाई पुग्ने खाद्यान्नसहितका सामग्री घुमाउरो सात घन्टा लामो बाटो हुँदै पुर्याएको घुन्साबाट चुङ्दाक शेर्पाले बताए ।  शेर्पाका अनुसार केही दिनमा नै स्थानीयवासीको सक्रियतामा काठे पुल निर्माण गरी गाउँमा फर्काउने तयारी भएको छ ।

घुन्सा खोलामा आएको बाढीले खोलामाथिको पुल बगाएपछि चौँरी गोठ लिएर जङ्गल गएका घुन्साका १५ र फलेका आठ परिबार जङ्गलमा नै फसेका थिए ।

गोठहरु अहिले घुन्सामाथिको रामदाङ, नुप्चुभेल्ली र थाम्दाङ क्षेत्रमा रहेका छन् । बाढीले बगाएको पुल निर्माणका लागि कम्तीमा पनि छ लाखसम्म लाग्ने र त्यो पनि वर्षा कम भएको समयमा मात्रै सम्भव हुने स्थानीयवासीको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?