Comments Add Comment

टोखामा खुल्यो पाँच करोडमा मिनी फनपार्क (फोटो फिचर)

Tokha Funpark (4)
२६ असार, काठमाडौं । राजधानीको उत्तरी भेगमा रहेको प्राचीन नगरी टोखामा मिनी फनपार्क सञ्चालन भएको छ । करीव १० रोपनी क्षेत्रफलमा पाँच करोड लगानी गरेर फनपार्क सञ्चालनमा ल्याइएको हो ।

टोखा क्येबः मिनी फनपार्क शिवपुरी डाँडाको फेदमा छ । यहाँ शितल, शान्त र स्वच्छ वातावरण उपलब्ध छ । फनपार्कमा मनिराज डंगोलसहित ११ जना स्थानियको लगानी रहेको छ ।

फनपार्कमा बेवी पुल, समुन्द्री छालको अनुभव दिलाउने पुल, स्लाइडिङ पुल, चिल्ड्रेन पार्क, नेपाली तथा नेवारी फाष्टफुड रेष्टुरेन्ट, सभाहल लगायतका सुविधा रहेका छन् । साथै, हर्स राइडिङ, फ्रि वाईफाई लगायतका सुविधाहरु प्नि यहाँ उपलब्ध छन् ।

Tokha Funpark (1)

फनपार्कको स्वीमिङ पुलहरु ५ फिटसम्म गहिरा छन् । जहाँ साना बच्चादेखि बयस्कसम्म स्वीमिङ गर्न सक्छन् । साना बच्चाका लागि सुरक्षित स्वीमिङ पुल बनाइएको छ । यहाँ स्वीमिङ गर्न सर्वसाधारणले ४ सय, विद्यार्थीले ३ सय र समुहमा आउने विद्यार्थीले २ सय रुपैयाँका दरले तिर्नुपर्छ ।

फनपार्कमा नेवारी स्वाद चाख्दै स्वीमिङ गर्न पाइन्छ । रेष्टुरेन्टमा ओखलमा चिउरा कुटेर ग्राहकलाई खुवाउने टोखा क्येबः ट्रेड एन्ड इन्भेष्टमेमन्ट प्रालीका व्यवस्थापन प्रमुख मनिराज डंगोलले बताए । स्थानिय महिलाले ओखलमा चिउरा कुटेको लाइभ हेर्न पाइन्छ ।

स्थानियलाई रोजगारी दिनुका साथै ग्राहकलाई स्थानीय नेवारी परिकार खुवाउनु आफुहरुको उद्देश्य रहेको डंगोलले बताए । फनपार्कमा हरेक शुक्रबार र शनिबार दुई बजेपछि स्थानीय कलाकारले लाइभ म्यूजिकबाट मनोरञ्जन गराउँछन् ।

Tokha Funpark (8)

जाडो महिनामा पानीमा रमाइलो गर्न असहज हुने हुँदा डुंगा चलाएर मनोरञ्जन दिलाउने डंगोलको भनाई छ । ग्राहकहरु डुंगामाथि बसेर खान तथा रमाउन सक्छन् ।
रिङरोडबाट तीन किलोमिटरको दुरीमा रहेको यो फनपार्क ग्रान्डी हस्पिटलबाट १ किलोमिटर माथि पर्छ । टोखा ट्रेकिङ रुट ककनी, गुरुजेभञ्ज्याङ, बाघद्धार तथा सुन्दरीजल जाने सेन्ट्रल प्वाइन्ट हो ।

गुरुजेभञ्ज्याङको पश्चिमतर्फ ककनी, पूर्वतर्फ बाघद्धार तथा सुन्दरीजल सम्मको ट्रेकिङ रुट पर्छ । टोखाबाट नुवाकोटको घ्याङफेदी हुँदै गोसाइँकुण्डको नयाँबाटो ट्रेकिङ गर्न सकिन्छ । सांस्कृतिक पहिचान बोकेको टोखा नगरीलाई पर्यटकीय नगरीका रुपमा विकास गर्ने लक्ष्य रहेको डंगोलले बताए ।Tokha Funpark (7)Tokha Funpark (2) Tokha Funpark (3) Tokha Funpark (5) Tokha Funpark (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment