Comments Add Comment

‘ग्रिजम्यान रोनाल्डो र मेस्सी भन्दा उत्कृष्ट’

Griezmann

‘एन्टोइन ग्रिजम्यान अहिलेका चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीभन्दा पनि उत्कृष्ट फुटबलर हुन्’ ग्रिजम्यानका फ्रान्सेली टिममेट एवं म्यान्चेस्टर सिटीका लेफ्टब्याक ब्याकरी सांगाको मान्यता हो यो ।

ग्रिजम्यान र रोनाल्डो युरो २०१६ को फाइनलमा आज राति पोर्चुगल र घरेलु टोलीबीचको फाइनलमा एक अर्काको प्रतिस्पर्धीको रुपमा हुनेछन् । प्रतियोगितामा ६ गोल गरेका ग्रिजम्यान युरो २०१६ को गोल्डेनबुटका एक्ला दावेदार हुन् ।

उनीभन्दा पछि रोनाल्डो भएपछि उनको गोलसङ्ख्या ३ मात्र छ । सांगा दावी गर्छन् कि फ्रान्सले युरोकप नजितेपनि एथ्लेटिको मड्रिडका सुपरस्टार ग्रिजम्यान विश्वका उत्कृष्ट फुटबलरहरुमध्येका एक हुन् ।

‘एन्टोइन, मेरालागि उत्कृट छन्, जो रोनाल्डो र मेस्सीसागै एकै लिगमा खेलिरहेका छन्’ सांगाले भने, ‘यसलाई उनले बदलाको रुपमा लिनुपर्छ कि फ्रान्सको कुनै एकेडेमीले उनलाई मन पराएनन् । उनले यहाासम्मको यात्रा निक्कै कठिनतापूर्वक तय गरेका छन् र अहिले जुन स्थानमा छन् त्यसका लागि योग्य छन् ।’

एथ्लेटिको मडि्रडका लागि ग्रिजम्यानले गत सिजनको लागि लिगामा २२ गोल गरेका थिए । जहाा क्रिष्टियानो रोनाल्डोले ३५ गोल गरेका थिए भने लियोनल मेस्सीले २६ गोल गरेका थिए । पोर्चुगिज स्टार रोनाल्डोबाट हुनसक्ने सम्भावित चुनौतिबारे सांगापनि सचेत छन् ।

प्रतियोगितामा उनको मिश्रति प्रदर्शन छ र उनले अहिलेसम्म ३ गोल गरेका छन् । ‘रोनाल्डो, हामी उनलाई राम्रोसाग जान्दछौं’ सांगाले भने, ‘उनीपनि विश्वका उत्कृष्टमध्येका एक खेलाडी हुन् । सबैभन्दा उत्कृष्ट चाहीा होइनन् ।’

सांगाले स्पष्ट पारेका छन् कि रोनाल्डो एक असाधारण खेलाडी हुन् । र यस्तो बन्न सजिलो छैन । उनी सर्बकालिन महान खेलाडी बन्ने यात्राको नजिक छन् । तर, बिश्वास गर्नुहोस हामी उनलाई खुलेर खेल्ने मौका दिनेछैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment