Comments Add Comment

होटलमा युवतीको शव भेटियो

२७ असार, चितवन । नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् ।

deadवडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् ।

प्रहरीलाई खबर भएपछि राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

होटलमासँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरी युवक फरार भएको अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment