Comments Add Comment

प्रधानन्यायाधीश कार्की र प्रमुख निर्वाचन आयुक्त यादवले लिए शपथ

२७ असार, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Sushila-Karki
प्रधानन्यायाधीश सुशीला कार्की

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीलाई शपथ ग्रहण गराइन् ।
कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी छन् ।

आफूले शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

कार्कीलाई प्रधान्यायाधीशमा नियुक्त गर्न संवैधानिक परिषदले गरेको सिफारिस संसदीय सुनुवाइ विशेष समितिले आइतबार र यादवको सिफारिस शुक्रबार अनुमोदन गरेको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment