Comments Add Comment

जरिवाना गराएर दुःख दिएको भन्दै ई-रिक्सा चालकको आन्दोलन

e riksa२८ असार, रुपन्देही । रुपन्देही ई-रिक्सा चालक संघले आज ११ बजेदेखि १२ बजेसम्म बुटवलमा चक्काजाम गर्दैछ । रुपन्देही ई-रिक्सा चालक संघको  गर्ने संघले जनाएको हो । यता मजदुरले  चक्काजामको तयारी गरिरहदा प्रहरीले पनि सुरक्षा सर्तकता बढाएको छ ।

पटक-पटक बिभिन्न बाहनामा ई-रिक्सा तान्ने र अनावश्यक जरिवाना काट्दै मजदुरहरुलाई अनावश्यक दूःख दिने गरेको भन्दै गरिखान पाउनु पर्ने र सडकमा निर्वाध रुपमा जनतालाई सेवा दिन पाउनुपर्ने भन्दै संघले चरणबद्ध आन्दोलनमा जाने बताएको छ ।

संघले आइतवार पनि तिनवटा निकायमा धर्ना तथा जुलुस दिएको थियो ।सिबगत ३ दिनदेखि मजदुरहरु आन्दनेलित भएका छन् ।

नियमक निकायहरुले आवश्यक प्रक्रिया पुरा नगरी ई-रिक्सा मजदुर हरुलाई अनावश्यक धरपकट गरेको बिरुद्धमा आयोजित धर्ना कार्यक्रम लुम्बिनि यातायात व्यवस्था कार्यालय, लाइसेन्स बिभाग र बुटवल उप-महानगरपालीकामा गरिएको हो ।
सिद्धेश्वरी चौरमा जम्मा भई करिब ५०० को संख्यामा मजदुरहरु आफ्ना मागहरु लेखिएका प्ले कार्ड सहित नाराजुलुस गर्दै सुख्खानगर स्थित लुम्बिनी यातायात ब्यबस्था कार्यालय लाइसेन्स बिभागमा गएर धर्ना दिएका थिए ।

धर्ना पश्चात कार्यालय प्रमुख बेदुराम अर्याल ले तुरुन्त लाइसेन्स प्रक्रिया खुलाउन पहल गर्ने प्रतिबद्धता संगै बिभागमा पत्राचार समेत गरे ।सो कार्यक्रममा संघका अध्यक्ष दिनेश जोशीले अबिलम्ब लाइसेन्स प्रक्रिया नखोलिए चरणबद्ध आन्दोलनमा उत्रने र ५ दिनभित्र उचित निकास दिन समेत आग्रह गरे ।

नारा जुलुस गर्दै मिलनचोक हुँदै यातायात ब्यबस्था कार्यालय अगाडी पुगी धर्नामा परिणत भएको थियो । धर्नामा संघका सचिव यमलाल भण्डारीले कार्यालयले दिनुपर्ने रुट इजाजत पत्र, दर्ता प्रक्रिया र जाँचपासको ब्यबस्था तुरुन्त गर्न माग गरे ।

जवाफमा कार्यालयका साखा अधिकृत बालकृष्ण हुँमागाईले मजदुरको माग प्रति आफ्नो नैतिक समर्थन रहेको जनाउँदै जाँचपास र कर बुझ्न भोलीबाटै सुरु गर्ने बताए ।मजदुरहरुले नाराजुलुस लगाउँदै हस्पिटल लाईन हाटबजार हुँदै नगरपालीकामा पुगी धर्ना दिए ।

सो कार्यक्रममा संघका सल्लाहकार बिनोद खनालले स्थानिय सरकार नगरपालिका भएकोले यहाँको ई-रिक्सा ब्यबस्थापनमा कार्यालयले पहल गरी तुरुन्त निकास दिन माग राखेका छन् ।

जवाफमा कार्यकारी प्रमुख धुब्रकुमार खड्काले ५ दिनपछि सरोकारवाला सबै निकायहरु सहित मजदुर समेत सहभागी हुने गरी बैठक डाक्ने र उचित निकास निकाल्ने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment