+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

तिनाउ पुलका खाल्डा रातारात टालियो

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ असार २८ गते ११:४०

tinau pulll२८ असार, बुटवल । बुटवलको तिनाउ पुलमा परेका खाल्डा रातारात  टालिएको छ ।

गएराति तिनाउमा परेका खाल्डाहरु टालिएको हो । रातमा सवारीको चाप कम हुने हुँदा रातारात टाल्नुपरेको पुल योजना सेक्टर नं ३ नेपालगंजले जनाएको छ ।

बुटवलबाट पश्चिम जोड्ने एकमात्र बुटवलको तिनाउपुल कालोपत्रै भएको दुइ हप्ता नबित्दै उप्किएर खाल्डै खाल्डा परेको थियो ।

जेठको अन्तिम साता सडक बिभाग अन्तर्गतको पुल योजना सेक्टर नं ३ नेपालगंजले गरेको काम गुणस्तरहिन भएको प्रमाणित भएपछि चौतर्फी आलोचना भएको थियो । पुलको आयु लम्बाउनका लागि कालोपत्रे, रंगरोगन तथा मर्मत गरिएको थियो ।

अहिले पुलका बिभिन्न भागमा कालोपत्रे उप्किएर सवारी आवागमनमा समेत समस्था थपिएको थियो भने पुलमा सयौं प्वाल परेका थिए । २०३८ सालमा निर्माण भएको यो पुल जिर्ण भएपछि पुल थर्कने र जोइन्ट समेत हल्लिने समस्या भएका कारण मर्मत तथा रंग रोगन पनि गरिएको हो ।

tianu pul 0दिनहुँ हजारौं सवारी र सयौं यात्रुहरु सोहि पुल भएर हिड्ने गर्दछन् । पुलको मर्मतका नाममा भएको गुणस्तरहिन कामको स्थानीय तथा यात्रुहरुले पनि बिरोध गरेका थिए ।

तर पुल योजना सेक्टर नं ३ नेपालगंजका डिभिजन इन्जिनियर गणेश गौतमले भने मर्मतका बेला दिनहु पानी परेको र एक दिनमै काम गर्नुपरेकोले उप्किएको स्वीकारे उनले अब भन पहिलेको जस्तो समस्या नहुने पनि बताए ।

यो पनि पढ्नुहोस्

कालोपत्रे गरेको दुई साता नबित्दै तिनाउ पुलमा खाल्डै खाल्डा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?