Comments Add Comment

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको तीन घण्टे अल्टिमेटम

KP-Oli

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तीन घण्टे अल्टिमेटम दिएको छ ।

सभामुख ओनसरी घर्तीको आग्रहमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकमा कांग्रेस र माओवादीका नेताहरुले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए ।

तर, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानमन्त्रीले राजीनामा नदिने जवाफ दिए ।

लगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीलाई राजीनामा दिन तीन घण्टा अर्थात दिउँसो ३ बजेम्मको समय दिने बताए ।
तीन बजेसम्म राजीनामा नदिए सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उनले बताए ।

संसदको बैठक ३ बजे बोलाइएको छ ।

बुधबार नै माओवादी मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका छन् ।

माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । र, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेससँग सातबुँदे सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment