
२० वैशाख, काठमाडौं । यमन सरकारका प्रधानमन्त्री अहमद अवाद बिन मुबारकले राजीनामा दिएका छन् ।
शनिबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री मुबारकले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सरकार पुनर्गठन गर्न नसक्नु जस्ता ‘अनेकौं कठिनाइहरू’ का कारण पदत्याग गरेको स्पष्ट पारेका छन् ।
रोयटर्सले सरकारी स्रोतहरूलाई उल्लेख गर्दै प्रधानमन्त्रीको राजीनामाको मूल कारण राष्ट्रपतिसँग पछिल्लो समय देखिएको अधिकार क्षेत्र बारेको विवादलाई उल्लेख गरेको छ
प्रधानमन्त्री मुबारकले सरकारका १२ मन्त्रीहरूलाई बर्खास्त गर्न राष्ट्रपतीय परिषदका प्रमुख राशाद अल–अलिमीलाई अनुरोध गरेका थिए । तर अल-अलिमीले सो अनुरोध अस्वीकार गरेपछि दुवैबीच अधिकारको विषयमा विवाद बढेको थियो। त्यसकै सिलसिलामा मुबारकले पद छोडेका हुन्।
प्रतिक्रिया 4