Comments Add Comment

हलमा आएन, सोझै युटुबमा रिलिज भयो झरना बज्रचार्यको यो फिल्म

gharana bajracharya in safe landing
के नेपाली चलचित्र हलमा चलाउन निर्माताका लागि फलामको चिउरा चपाए जस्तै हो । धेरै निर्माता पहिला च्यारेटी शो, विदेश शो सकेर मात्र चलचित्रलाई हलमा ल्याउने गर्छन् । अझ भनौ उनीहरुकै भाषामा नेपाली हलमा चलचित्र फ्याकिने गर्छ । उनीहरुको तर्क छ-‘नेपाली हलमा चलचित्र चलाउनु भनेको हलवाला र वितरकलाई मात्र पोस्नु हो, निर्माताले केही पाउँदैनन् ।’

धेरै निर्माताको कुरा सुन्दा, यो सही जस्तो पनि लाग्छ । राम्रै व्यापार गरेका चलचित्रका निर्माताले पनि वितरक र हलले पैसा खाइदिएको, कम पैसा पाएको गुनासो गर्दै आएका छन् ।

सायद, यही भएर होला केही निर्माताले हलमा चलचित्र नै लगाउँदैनन् । नायक राजवल्लभ कोइराला अभिनित चलचित्र ‘राघव’ हलमा रिलिज नगरि युटुबमा सायद यसकारण पनि रिलिज गरिएको होला ।

निर्माता बसन्त भण्डारीले चलचित्र ‘सेफ ल्याण्डिङ’ रिलिज गर्ने कोशिश नगरेका होइनन् । यो चलचित्रको प्रदर्शन मिति धेरै पटक तोकियो । तर, अष्ट्रेलियामा बस्दै आएका यी निर्माताले चलचित्र नेपालमा रिलिज गर्न सकेनन् । विदेशमा भने यो चलचित्रको शो भएको थियो ।

निरज बराल, झरना बज्रचार्य लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र हलमा नचलाई युटुबबाट रिलिज गरियो । सन्दिप जोसेफको निर्देशनमा लागू पदार्थ दूव्र्यसनीको कथामा बनेको यो चलचित्रलाई केही दिन अगाडि मात्र युटुबबाट रिलिज गरियो ।

सायद, नेपाली हलमा चलचित्र रिलिज गर्दा झनै घाटा हुने देखेर हुनसक्छ, बसन्तले युटुबबाटै रिलिज गर्न सहज संझिए । चलचित्रका निर्माता राहुल अग्रवालसँग बिहे गरेर नायिका झरना बज्रचार्य सन्तानको आमा पनि बनिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment