Comments Add Comment

संसद सुरु हुनु अघि नै अविश्वासको प्रस्ताव दर्ता

२९ असार, काठमाडौं । व्यवस्थापिका संसद बैठक सुरु हुनु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ ।

CA-BUILDINGसंसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसद बैठक सुरु अघि नै वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने जानकारी दिएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गराए पनि बजेट पारित गर्न भने सहयोग गर्ने पोख्रेलले प्रष्ट पारे ।

बिहान एघार बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै अपरान्ह तीन बजेसम्मका लागि स्थगित गरिएको छ । माओवादीले तीन बजे अघि नै राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment