Comments Add Comment

बेलायती टोलीमाथि नेपालको शानदार जित

nepali cricket_england३० असार, काठमाडौं । नेपाली बलरहरु चम्किएपछि नेपालले बेलयात भ्रमणको पहिलो खेलमा जित हात पारेको छ । आफ्नो पहिलो खेलमा नेपालले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १२९ रनको फराकिलो अन्तरले हराएको हो ।

नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको बेलायती टोली २९.१ ओभरमा १०६ रनमै अलआउट भएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा विक्रम शोबले ४ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २१ रन खर्चिए । सन्दिप लामिछानेले ५.१ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने करण केसीले २ र शक्ति गौचनले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपालको सुरुवात भने राम्रो हुन सकेन । मात्र ८ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डल आउट भए ।

तर, ज्ञानेन्द्र र शरद भेषावकरले नेपाली पारी सम्हाले । दोस्रो विकेटका लागि ज्ञानेन्द्रसँग ११० रनको साभेदारी गरेका शरद ५० रनमा आउट भए । त्यसपछि कप्तान पारस आए र उनले ज्ञानेन्द्रसँग ४८ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्रले व्यक्तिगत सर्वाधिक ७४ रन बनाए ।

पारसले सागर पुनसँग १८ रनको साझेदारी गरे र व्यक्तिगत ४० रन बनाएर आउट भए । ५ विकेट भने ५१ रन जोड्दा गुमाएको थियो । सागर २१, राजेश पुलामी ११, विनोद भण्डारी ७, सोमपाल कामी ८ रनमा आउट भए भने करण केसी शून्यमै आउट भए ।

राजु रिजाल ८ र र बसन्त रेग्मी शून्यमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment