Comments Add Comment

आउँदो जनवरी देखि ह्वाट्सएप नचल्ने !

Whatsapp-for-PCफेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ ।

नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ ।

गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २.१, २.२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो ।

उपरोक्त अपरेटिंग सिस्टमहरुले ह्वाट्सएपले भविष्यमा विस्तार गर्ने फिचरहरु सपोर्ट नगर्ने भएकाले त्यस्ता स्मार्टफोनहरुमा ह्वाट्सएप सर्भिस बन्द गर्न लागिएको ह्वाट्सएपले आफ्नो आधिकारिक ब्लगमा जनाएको छ । नोकिया सँगै सामसुंग, सोनी इरिक्सन तथा मोटोरोला जस्तै कैयन् कम्पनीका पूराना फोनहरुमा अहिले पनि सिम्बियन अपरेटिंग सिस्टम रहेको छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालै विन्डोज ८ र सो भन्दा माथि तथा ओएस १०.९ र सो भन्दा माथिका म्याक कम्प्युटरमा समेत सपोर्ट गर्ने आफ्नो एपको विकाश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment