Comments Add Comment

बिहिबार नै चल्दै दयाहाङको ‘वीर विक्रम’, तोडिदैछ शुक्रबारको परम्परा

diya pun in bir bikram
शुक्रबारबाटै चलचित्र रिलिज हुने परम्परा तोडिदैछ । विशेषगरि, चाडपर्वको समयमा चलचित्र शुक्रबार भन्दा अगाडि नै रिलिज हुने गरेको छ । तर, अन्य समयमा भने काठमाण्डौमा शुक्रबारमात्र चलचित्र रिलिज भएको पाइन्छ ।

तर, हलवालाहरु ठूला हिन्दी चलचित्र आउँदा शुक्रबारको परम्परा मान्दैनन् । यसका लागि वुधबार रिलिज भएको चलचित्र ‘सुल्तान’लाई नै हेर्दा हुन्छ । भदौ महिनामा रिलिज हुने केही चलचित्र शुक्रबार रिलिज नहुने भएका छन् । भदौ ३ अर्थात शुक्रबारबाट रिलिज हुने भनिएको चलचित्र ‘वीर विक्रम’ पनि अब एक दिन अगाडि सरेको छ ।

यो चलचित्र भदौ २ गते बिहिबारबाट रिलिज हुने निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । उनले वितरकसँगको सल्लाहामा यो निर्णय गरेको बताए ।
दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुनको मुख्य भूमिका रहेको यो चलचित्र कमेडी, प्रेम, सस्पेन्स कथामा निर्माण भएको छ । बेलायत र हङकङको शोबाट पाएको प्रतिक्रियाले निर्देशक चाम्स उत्साहित छन् ।

चलचित्रको ट्रेलर र गीतले चर्चा पाइसकेको छ । यही दिन चलचित्र ‘चपली हाइट २’ पनि रिलिज हुने भएको छ । यस्तै, भदौ ९ गते बिहिबारबाट चलचित्र ‘झुम्की र शकुन्तला’ रिलिज हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment