बिहेपछि अधिकांश नेपाली नायिका चलचित्र क्षेत्रबाट टाढा हुने गरेका छन् । धेरैले अभिनयलाई विश्राम पनि दिदै आएका छन् । एनआरएनसँग बिहे गरेपछि विदेश नै भाँसिने नायिकाको संख्या पनि कम छैन ।
नायिका तथा मोडल रीमा विश्वकर्मा भने केही चलचित्र र भिडियोमा काम गर्दैछिन् ।हालैमात्र उनले गायक अशोक मुकारुङको ‘झुल्केको घाम’ बोलको गीतमा अभिनय गरेकी छिन् । भिडियोमा उनीसँगै योगेन्द्र राइले माडेलिङ गरेका छन् । विज्ञान राईले यो गीतको भिडियो निर्देशन गरेका हुन् ।
भिडियोमा व्यस्त रीमालाई चलचित्रको अफर पनि कमै मात्र आएको पाइन्छ । उसो त रीमाको हातमा बिहे अगाडि पनि खासै चलचित्र थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4