Comments Add Comment

आतंकवादको बर्बर नमूनाः ट्रकले किचेर ८४ को हत्या

france_truck_attack

३१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय चरमपन्थी आतंकबादीहरुले निहत्था मानिसमाथि गर्ने बर्बर आक्रमणको रणनीतिमा केहि परिवर्तन गरेको छ ।

फ्रान्सको दक्षिण शहर नीसमा बास्टिल डे मनाइरहेका सयौं फ्रान्सेलीको भीडमा एक ट्रक छिरेर दिएको ठक्करमा कम्तिमा ८४ जनाको मृत्यु भएपछि आतंकबादीको यस्तो रणनीति सार्वजनिक भएको हो ।

नीस शहरमा बसिरहेका ट्युनिशियाली नागरिकले एउटा लरी (लामो ट्रक) मानिसहरु जम्मा भएको ठाउँमा घुसाएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मानिसको भीडको बीचबाट लरी झण्डै साँढे दुई किलोमिटर गुडेको थियो ।

Nice-attack-2

घटनामा परि सयौं मानिस घाइते भएका छन् र उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको फ्रान्सको गृह मन्त्रालयले जानकारी दिएको छ ।

फ्रान्सेली प्रहरीले चालकलाई गोली हानेर मारेपछि मात्र लरी रोकिएको थियो । ट्रकमा बन्दुक तथा ग्रेनेड बरामद भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

नीसका मेयर क्रस्टियन एस्ट्रोसीका अनुसार ट्रकका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको जस्तो देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले गोली चलेको आबाज सुनेका थिए । र, सडकमा रहको मानिस धेरै डराएर भागेका थिए ।

Nice-attack-1

फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलन्दले यो घटना आतंकबादी हमला भएको बताउँदै अझै तीन महिना संकटकाल जारी राखिने बताएका छन् । प|mान्समा गत वर्ष पेरिस हमाला पति आपतकाल लागू गरिएको थियो जुन अहिलेसम्म लागू छ ।

राष्ट्रपति ओलान्दले फ्रान्स इस्लामिक आतंकबादीको खतराबाट अझै मुक्त भइनसकेको प्रष्ट्याएका छन् । साथै उनले फ्रान्सले सिरिया र इराकमा गर्दै आएको संयुक्त सैन्य कार्बाही जारी राख्नेपनि बताएका छन् ।

Nice-attack

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment