Comments Add Comment

चमत्कारी बच्चा, जो रिसाउँदा शरीर चुम्बक बन्दछ

magnatic-boy-केवल ९ वर्षको उमेरमा टर्कीका यी बालकले यस्तो चमत्कार गर्न सक्दछन् की मानिसहरु अचम्म भएर दाँतले जिब्रो टोक्नुको विकल्प छैन ।

जब ती बालक रिसाउँछन् उनको शरीर चुम्बक बन्दछ । आसपासका धातुका वस्तुहरु उनको शरीरमा टाँसिन थाल्दछन् । मेहमेत सुम्बल नामका यी बालकले आफ्नो जिउलाई चुम्बकै ठान्दछन् ।

वास्तवमा उनको जिउ चुम्बक भन्दा पनि शक्तिशाली छ । किनकी चुम्बकले तान्न नसक्ने सबै धातुहरुलाई उनले जिउले तान्दछ ।

रिस उठ्ने बित्तिकै उनको जिउमा चुम्बकीय शक्ति उत्पन्न हुन्छ । जति रिस बढ्यो शरीर उति नै बढि शक्तिशाली चुम्बक बन्दछ र आसपासका धातुका टुक्रा तथा आफै आएर उनको जिउमा टाँसिन थाल्दछन् ।

पहिले त सुम्बलका पितालाई उनको जिउको यस्तो चुम्बकत्व कुनै समस्या जस्तो नै लागेन । तर जब उनले छोरालाई डाक्टरकोमा लगे तब उनको जिउमा असामान्य चुम्बकीय शक्ति रहेको पत्ता लाग्यो । उनको जिउमा चम्चा, डाडु जस्ता धातुका सामानहरु टाँसिएका तस्वीर तथा भिडियो सोसल मिडियामा निकै चर्चित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment