Comments Add Comment

इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई दोस्रो सफलता

Nepali-Cricket-Team

काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ट्वान्टी ट्वान्टी अभ्यास खेलमा इण्डियन जीमखाना क्रिकेट क्लवको टोलीलाई २० रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले मध्यक्रमका ब्याट्सम्यान सागर पुनको अर्धशतकीय इनिङको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङमा आएका सागरले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५८ रनको योगदान दिए ।

नेपालका लागि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले पनि २० बलमा ३८ रनको बिष्फोटक इनिङ खेले । त्यस्तै अर्का ओपनर सुवास खकुरेलले ६ रनमात्र बनाउँदा, कप्तान पारस खड्काले १५ र राजेश पुलामीले १३ रन जोडे । बिनोद भण्डारी २ रनमै पेविलियन फर्किए भने राजु रिजालले अविजित २४ रन जोडे ।

बलिङतर्फ इण्डियन जीमखानाका पुनित मेहरा र आदित्य आर्चेयले ३/३ विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको जीमखानाको टोली इनिङको अन्तिम बलमा अलआउट हुँदै १४२ रनमै समेटिँदा नेपालको २० रनको जीत सुनिश्चित भयो । नेपालका बिक्रम सोब, करण केसी, शक्ति गौचन र सागर पुनले २/२ विकेट लिएका थिए ।

ब्याटिङका जीमखानाका पुनित मेहराले ४७ रन जोडेका थिए । उनको अलराउण्ड प्रदर्शनका बाबजुद जीमखाना पराजित हुन पुग्यो । उसका लागि सादिक अहमद्जाइले २५ र भुपेन्द्र सिंहले पनि २४ रन बनाएका थिए ।

नेपालले यसअघि फि्र फोरेस्टर क्रिकेट क्लवसँग भएको एकदिवसीय खेलमा १२९ रनको उत्कृष्ट जीत निकालेको थियो । नेपाल इंग्ल्याण्डको प्रतिष्ठित मेरिलिवन क्रिकेट क्लवसँगको म्याचका लागि इंग्ल्याण्ड पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment