+
+
Shares

दुई अस्पताललाई २०-२० करोड अनुदान दिने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३१ गते १६:५३

hospital

३१ असार, काठमाडौ । सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर र वीपी स्वास्थ्य प्रतिष्ठान धरानलाई २०-२० करोड पुँजीगत अनुदान दिने निर्णय गरको छ ।

मन्त्रीपरिषद्को शुक्रवार बसेको बैठकले दुई प्रतिष्ठानलाई आवश्यक मेसिनरी खरिदका लागि अनुुदान दिने निर्णय गरेको हो ।

‘दुई अस्पतालले अनुदान सहयोग मागेपछि मन्त्रीपरिषद्मा प्रस्ताव लगेको हुँ,’ स्वास्थ्यमन्त्री रामजनम चौधरीले अनलाइनखबरसित भने । उक्त अनुदान अर्थ मन्त्रालयले स्वीकृति दिएपछि सम्बन्धित अस्पताललाई उपलब्ध गराइनेछ ।

पाटन अस्पतालले आवश्यक मेसिनरी खरीदका लागि रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालय समक्ष अनुदान सहयोग मागेको थियो । उक्त अनुदानबाट अस्पतालले आवश्यक कुनै पनि मेसिनरी खरिद गर्न सक्नेछ ।

‘टेण्डर आव्हान भइसकेको तथा भुक्तानी गर्न बाँकी रहेकाले पुँजीगत अनुदानदिने निर्णय गरेका छौ,’ मन्त्रालयका सचिव पद्म बहादुर चन्दले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?