१ साउन, ताप्लेजुङ । वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन मोटरेवल पुल बगाएको छ । शुत्क्रबार राति करीव पौने २ बजे आएको बाढीले निर्माण भइरहेको मोटरेवल पुल बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
निर्माणाधीन पुल बगाउँदा करिव दश करोड बराबरको क्षति भएको उनले बताए । जिल्लाको दुई वटा निर्वाचन क्षेत्र जोड्ने पुल निर्माणले संझौता भएको ६ वर्षपछि यसैवर्षबाट मात्र गति लिएको थियो ।
फागुन देखि मात्र निमार्णले गति लिएको पुल खोलामा पानी बढेसँगै बैशाख अन्तिम देखि निर्माण कार्य रोकिएको थियो । वारी-पारी पुलको फलाम जोडी मंसिर बाट पुन काम गर्ने भनिए पनि सो जोडिएको सबै सामान राति आएको बाढिले बगाएको दोभान नजकिका स्थानीय सनम मोक्तानले बताईन् ।
यसैबीच गत शनिवार राति पहिरोका कारण सावादिन र फुरुम्बु बीचमा तमोर नदी थुनिएर बनेको ताल फुटेर बाढी आएको स्थानियले अनुमान गरे पनि सो ताल भने नफुटेको स्थानीय शिक्षक चन्द्र तामाङले बताए ।
माथिल्लो क्षेत्रबाटनै ठूलो बाढी आई ताल अझै बढेपछि तमोर नदी किनारका स्थानीय त्रसित बनेका छन् । नदीमा आएको बाढिले ताल बढेर फुरुम्बु तर्फको भाग कटान गर्दै नदि बगिरहेको छ ।
खोलामा ठूलो बाढी आएपछि ताल नजिकैको मितलुङ बजारसहित तमोर नदी किनारको दोभान र हान्दु्रङ बजार सहित खोक्लीङको थुम्बाबेसीका स्थानीय रात भर एकैठाउँमा भेला भएर बसेका थिए ।
प्रतिक्रिया 4