काठमाडौं । नायिका ऋचा शर्मा शनिवारदेखि २८ वर्ष पुगेर २९ लागेकी छिन् । १ साउनमा जन्मेकी ऋचाको अंग्रेजी तिथि अनुसार जुलाई १७ मा जन्मदिन परेकाले धेरैले ‘वर्थ डे वीस’ गर्न भ्याएका छैनन् ।
परिवारका सदस्य र साथीभाइसँग बसेर सामान्य रुपमा जन्मदिन मनाउने गेरेकि ऋचाले यस वर्ष जन्मदिनको उपलक्ष्यमा धुर्मुस सुन्तली फाउन्डेशनलाई १ लाख रुपैंया सहयोग गरेकि छिन् ।
‘धुर्मुस सुन्तलीले जे काम गर्नु भएको छ उहाँहरुले एकदमै प्रसंसायोग्य काम गर्नु भएको छ’ अनलाइनखबरसँग कुरा गर्दै ऋचाले भनिन् । गिरान्चौरमा पूर्ननिर्माण अभियान सुरु गरेका धुर्मुस सुन्तलीको कामवाट प्रभावित ऋचा जन्मदिनको नाममा अनावश्यक खर्च गर्नुको सट्टा यस्तै काममा सहयोग गर्नुपर्ने धारणा राख्छिन् ।
उनको घरमा हरेक साउनमा रुद्री लगाउने चलन छ । आज पनि उनी दिनभर रुद्रीपाठ सुनेर बस्नेछिन् । ‘म आफैं पनि धर्मप्रति विश्वास गर्छु । यस्ता समारोहमा सहभागी हुँदा रमाइलो लाग्छ’ उनको भनाइ थियो ।
सानोमा लोभी थिँए
सानो बेलामा मनाईने जन्मदिन अहिले पनि बिर्सेकी छैनन् उनले । उनी ७/८ वर्ष हुँदा केट काटेर जन्मदिन मनाउने चलन थियो । घरका मान्छेले नयाँ लुगा र टिका लगाएर पैसा दिन्थे । साथीभाईले कापी, कलम, कलर, पेन्सिल लगायत धेरै खाले उपहार दिन्थे । जन्मदिनमा रमाउने ऋचा जन्मदिन आउनु केहि दिन अघिदेखिनै साथीहरुलाई निम्ता गर्थिन ‘मेरो जन्मदिनमा आउनुपर्छ है’ उनले त्यसरि धेरै साथीलाइ निम्ता गर्नुको अर्को कारण थियो । साथीहरुले पैसा दिन्छन् भन्ने आस । ऋचा हाँस्दै भन्छिन् ‘सानो बेलामा सबले पैसा दिए हुन्थ्यो जस्तो लाग्थ्यो’ ।
उनलाइ पनि अहिले साना केटाकेटिको निम्तो आउँछ तर, केटाकेटिलाई पैसा दिन्नन् । लुगा वा किताबहरु दिन्छिन् । उनी भन्छिन् ‘अहं म केटाकेटीलाई पैसा दिन्न लुगा र बुकहरु दिन्छु’ ।
धेरैलाई किताब उपहार
पढन्ते नायिकाको रुपमा चिनिन्छिन् ऋचा । आफ्नै उमेर समुहको साथीहरुको निम्ता आयो भने उनी सकेसम्म उसको रुची अनुसारको किताब उपहार दिन्छिन् ।
उनलाइ पनि पुस्तक उपहार धेरै आएका छन् । जन्मदिन मात्रै हैन अन्य चाड पर्वमा समेत उनका भाईहरुले उनलाई पुस्तक उपहार दिने गरेका छन् । ‘मलाइ पुस्तक उपहार आइरहन्छ । भाइहरुले बेला बेलामा किताब किनेर दिइरहन्छन् ।’ उनले भनिन् ।
यसपाली पनि भने जन्मदिन शीर्षकमा एउटै पुस्तक उपहार आएको छैन । ‘मेरो फेशबुकले भोलि मात्रै देखाउँछ त्यहि भएर होला’ ऋचाको भनाई थियो ।
प्रतिक्रिया 4