+
+
Shares

रेखाको स्क्रिप्ट राइटरले मोबाइल अफ गर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १ गते १२:५९

Rekha Thapa (5)काठमाडौं । नायिका रेखा थापाको फिल्म लेखेर चर्चामा आउने योजनामा कोही लेखक हुनुहुन्छ भने एउटा कुरा ख्याल गर्नु होला । उनको फिल्मको स्क्रिप्ट लेख्ने ब्यक्तिले स्क्रिप्ट कम्पिलिट नहुन्जेल मोबाइल स्वीचअफ गर्न पाउने छैनन् ।

‘मेरो दिमागमा केहि कुरा आउने बित्तिकै स्क्रिप्ट राइटरलाई फोन गरेर टिपाइहाल्छु । म सँग काम गर्दा सम्पर्कमै हुनुपर्छ’ अनलाइनखबरसँग कुरा गर्दै रेखाले भनिन् ।

उनले निर्माण र निर्देशन गर्ने प्राय फिल्ममा विषय उनकै हुन्छ । फुर्सदको बेला फिल्म लेखकसंग स्क्रिप्टमाथि छलफल गर्छिन भने सुटिङ वा अन्य कार्यक्रममा गएको बेला पनि फिल्मकै वारेमा सोच्छिन् । भन्छिन् ‘कुनै नयाँ कुरा आउने बित्तिकै फोन गरेर टिपाइहाल्छु’ .

अघिल्लो फिल्म रामप्यारीको स्क्रिप्ट जगदीश्वर थापाले लेखेको थिए । जगदीश्वरले स्कृप्ट लेखिरहँदा उनी अमेरिकामा थिईन् । अमेरिकामा छँदा पनि फोन गरेर टिपाईहाल्थिन् । ‘हरेक दिनजसो फोनमा एक घण्टा कुरा हुन्थ्यो म भन्थेँ जगदीश्वर दाईले टिप्नुहुन्थ्यो’ रेखाले भनिन् ।

नयाँ फिल्म निर्देशनको तयारीमा रहेकी रेखा अहिले कन्सेप्ट तयार पार्दैछिन् । कन्सेप्ट तयार पारेपछि कसैलाई स्क्रिप्ट लेख्ने जिम्मा दिनेछिन् र हरेक दिनजसो फोनमा भन्नेछिन् ‘यस्तो सिन राखौं है’ ।

आफ्नो नयाँ फिल्म पूर्ण ब्यबसायिक हुने भन्दै नारी शसक्तिकरणलाई विषेश महत्व दिने बताइन् । फिल्मले दर्शकलाई मनोरञ्जन दिनुपर्ने धारणा राख्ने रेखाले तत्काल अवार्ड पाउने खालका फिल्मको पछि नलाग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?