२ साउन, काठमाडौं । तपाईंसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईंले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ बेहोर्नुपेर्ने छैन ।
एटीएम कार्डको प्रयोग एटीएम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
हो, तपाईंसँग एससीटी नेटवर्कको एटिएम कार्ड छ भने अनलाइनमार्फत बस्तु तथा सेवा खरीदबापत सजिलै भुक्तानी गर्न सक्नुहुन्छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
अनलाइन सपिङ अर्थात इन्टरनेटमार्फत बस्तु तथा सेवा खरीदविक्री गर्न चाहनेहरुका लागि गतिलो पेमेन्ट गेटवेको अभाव खट्किदै आएको छ । तर, यसको सजिलो र भरपर्दो विकल्पका रुपमा स्वदेशी एटीएम नेटवर्कले सेवा दिन सुरु गरिसकेको छ ।
हाल मुलुकभर सयौं अनलाइन साइट सञ्चालनमा छन्, जसले अनलाइनमार्फत भुक्तानी सुविधा खुला गरेका छन् ।
अनलाइन पेमेन्टका लागि एटीएक कार्ड हुनु आवश्यक छ । यसमार्फत सम्बन्धित बैंक खातामा भएको रकम सोझै अनलाइनमार्फत खर्च गर्ने सुविधा पाउन सकिन्छ ।
हाल विभिन्न ६५ बैंक तथा वित्तीय संस्थाले एटीएम कार्ड वितरण गरेका छन् ।