+
+
Shares

‘प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार छ’

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते ६:१४

Pradip Gyawali२ साउन, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहे पनि एमालेले त्यसो नगर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा ज्ञवालीले एमाले संसद विघटन गर्ने खेलमा लागेको भनेर हल्ल्ा चलाएर बदनाम गर्न खोजिएको बताए ।

‘अहिले एमाले संसद विघटन गर्ने खेलमा लागेको छ भनेर हल्ला गरिएको छ, म त्यो हल्ला गर्ने साथीहरुलाई भन्न चाहन्छु, त्यो अधिकार प्रधानमन्त्रीसँग छ, उनले भने तर, एमाले संसद विघटन गरेर जनप्रतिनिधिविहीनताको अवस्था आउँदा मुलुकले भौग्नुपरेको नियतिबारे जानकार छ । ‘उनले हिजो विघटन गर्नेहरु नै आज हल्ला फिजाइरहेको दाबी गरे । आजको नयाँ पत्रिकामा समाचार छ ।

सचिव ज्ञवालीले संविधानको धारा पष्टतामा टेकेर सरकार टिकाउने पक्षमा एमाले नरहेको पनि स्पष्ट पारे । संसदभित्रै जनताले थाहा पाउने गरी एमालले राजनीतिक लडाईं लड्ने उनको भनाइ छ ।

उनले कांग्रेस माओवादी गठबन्धलाई नाटकीय , रहस्यपूर्ण र संविधान कार्यान्वयनलाई दूरगामी प्रभाव पर्ने षड्यन्त्रको संज्ञा दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक अवसरलाई अहिलेसम्म कसैले बुझु्न नसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?