Comments Add Comment

नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक

Tourist-in-nepal२ साउन, काठमाडौं । नेपाल आउने कुन पर्यटकमध्ये बर्सेनि औसत ४ सय पर्यटक हराउने या मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

प्राकृतिक विपत्ति तथा पर्वतारोहणमा सबैभन्दा बढी यस प्रकारका दुर्घटना हुने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा निधन या बेपत्ता भएका पर्यटकको संख्या ४ सय २२ जना रहेको आजको नयाँ पत्रिकामा समाचारमा छ ।

सन् २०१५ मा  विनाशकारी भूकम्प र सरगरमाथामा भएको दुर्घटनामा परी करिब २ सयजना विदेशीले ज्यान गुमाएका थिए । त्यसबाहेक पर्वतारोहण, पदयात्रा र हवाई तथा सडक दुर्घटनाका क्रममा पनि निधान तथा बेपत्ता हुने गर्छन् ।

आफ्नो सामान बिकाउन पछि लाग्ने खुद्रा व्यपारीमात्र होइन, गोरो छाला देखेपछि पैसा नदिएसम्म खुट्टा नछाड्ने माग्नेबाट भौग्नु परेको पीडा नेपाल आएका धेरै पर्यटकले अनुभव गर्दछन् । यस्ता घटनालाई सामान्य मान्दा पनि नेपाल आएका कुन पर्यटकमध्ये वाषिर्क औसत ६ सयजनाले विभिन्न प्रकारको सास्ती भोग्नुपर्ने तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment