+
+
Shares

रणवीरको टाउकोमा कुर्सीले हान्न चाहन्छन् सलमान

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते १५:४५

salman and ranbir sing
चलचित्र ‘वेफिक्रे’को छायांकनको क्रममा जतिबेला नायक रणवीर सिंह पेरिसमा थिए, उनले ‘सुल्तान’ चलचित्र हेरे । बलिउड नायक सलमान खान अभिनित यो चलचित्र हेर्दा हेर्दै रणवीर पर्दा अगाडि गएर नाच्न थाले । ‘वेवीको वेस पसन्द हे’ बोलको गीतमा रणवीरले नृत्य गर्दै गरेको भिडियो भाइरल बनेको थियो । चलचित्रमा यो गीत आएपछि रणवीर हलको अगाडि गएर नाचेका थिए ।

तर, रणवीरले यो गीतमा नाचेको नायक सलमान खानलाई मन परेन । रणवीरको यो शैलीले उनी आक्रोशित छन् । ‘सुल्तान’को सफलता पार्टीमा सलमानले रणवीरले चलचित्र हेरिरहेका दर्शकलाई भड्काएको आरोप लगाएका छन् । उनले भने-‘रणवीरले चलचित्र हेरेका थिएनन् । उनी आफ्नो नृत्य देखाएर चलचित्रबाट दर्शकको ध्यान हटाउन चाहन्थे ।’

सलमानले अगाडि भने-‘मैले त्यो भिडियो हेरेको छु । म रणवीरको टाउकोमा कुर्सीले हान्न चाहन्छु । चलचित्र हेर, तर दर्शकको ध्यान नभड्काउ ।’सलमानले भिडियो हेर्ने वित्तिकै रणवीरले चलचित्र नहेरेर दर्शकलाई आफ्नो डान्समार्फत आफूतिर आकषिर्त गर्न चाहेको भन्दै यसको पैसा लिन आवश्यक रहेको प्रतिक्रिया चलचित्रको यूनिटसामु राखेका थिए । सलमानको यो प्रतिक्रियालाई रणवीरले कसरी लिने हो, यो भने केही दिनमै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?