+
+
Shares

जहाँ चिट्ठा जित्ने पुरुषहरुले पाउँछन् कुमारी युवतीहरु

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते ८:२३

virgin_1दुनियामा एउटा यस्तो ठाउँ पनि रहेछ जहाँ चिट्ठा जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा भर्जिन केटीहरु दिइन्छ । पत्याउन गाह्रो पर्छ, तर यो सत्य हो ।

ब्राजिलको एंक्रयुजिल्हादा सहरमा लटरी टिकट जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा कुमारी केटीहरु दिने गरिन्छ । डेलीमेलका अनुसार चिट्ठा जित्ने पुरुषहरुलाई यौनसुखका लागि पुरस्कारको रुपमा भर्जिन युवतीहरु दिने गरिएको हो ।

चिट्ठाको टिकटको मूल्य पनि झण्डै ८ सय रुपैयाँ जति हुन्छ । जो पुरुषलाई चिट्ठा पर्दछ उसलाई कुमारी युवती टक्राइन्छ ।
स्मरण रहोस् बाल वेश्यावृत्तिका लागि ब्राजिल कुख्यात छ । सबैभन्दा धेरै बाल वेश्यावृत्ति गराउने ब्राजिल विश्वको दोश्रो देश हो ।

ब्राजिलको गरिबीग्रस्त क्षेत्रहरुमा बस्ने केटीहरु पैसाका लागि चिट्ठा खेल खेलाउनेहरुको जालमा पर्दछन् र जबरजस्ती यौनकार्यमा लाग्न बाध्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?