Comments Add Comment

अब हुलाकबाटै घरघरमा गंगाजल

holy water_gangajalहिन्दु धर्मावलम्बीहरुक पवित्र गंगा नदीको पानी अर्थात् गंगाजलले आचमन गर्न चाहनेहरुका लागि अब गंगामै जानु पर्नेछैन । हुलाकबाटै गंगाजल घरघरमा पुराइनेछ ।

भारतको राष्ट्रिय हुलाक सेवाले अब चिठीपत्र जस्तै घरघरमा गंगाजल भरेका बोतल पूराउनेछ ।

गंगा नदीका दुइ ठाउँमा बोतलमा गंगाजल भरिनेछ । गंगानदीको मुहान गंगोत्री र प्रसिद्ध ऋषिकेश धामस्थित गंगानदीबाट २ सय मिलिलिटरका बोतलमा गंगाजल भरेर ती सबै भरी बोतल देशभरका हुलाक कार्यालयहरुलाई बेचिनेछ ।

भारतीयहरुले तत् पश्चात अनलाइन मार्फत गंगाजल अर्डर गर्न सक्नेछन् र हुलाक सेवाले उनीहरुकै घरसम्म गंगाजलको बोतल पूराइदिनेछ । २ सय मिलिलिटरको एक बोतल गंगाजलको मूल्य १५ देखि २५ रुपैयाँ भारुसम्म पर्नेछ । गंगोत्रीमा भरेको गंगाजलको मूल्य २५ तथा ऋषिकेशमा भरेको गंगाजलको मूल्य १५ भारु प्र्ने बताइएको छ ।

स्थानीय कतिपय कम्पनीहरुले वर्षौँदेखि गंगाजलको पानी बोतलमा राखेर बेच्ने गरेका भएपनि सरकारी हुलाक सेवाबाटै यसो गर्न थालिएपछि त्यसले ठूलो परिमाणमा गंगाको पानी खपत हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment