Comments Add Comment

भूकम्पपीडितका नाममा संकलन गरी हिनामिना गरेको रकम फिर्ता

Nepali-Samaj-America

न्युयोर्क । नेपालका भूकम्प पीडितको नाममा सहयोग संकलन गरी आँफैले झ्वाम् पारेका जनसम्पर्क समिति अमेरिकाका पदाधिकारीले विवाद बढेसँगै आफुले खर्च गरेको रकम संस्थामा फिर्ता गरेका छन् ।

अमेरिका बस्ने नेपालीहरुबाट भूकम्प पीडितको सहयोगका लागि भन्दै उठाइएको र्कम जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ र कोषाध्यक्ष बिजय थुलुङले आफुखुसी प्रयोग गरेका थिए ।

रकम हिनामिना भएपनि संस्थाको विश्वासनीयतामा प्रश्न उठेको थियो भने ब्यापक बिरोधसमेत भएको थियो । बिरोध भएपछि झस्किएका समितिका पदाधिकारीले आफुले खर्च गरेको रकम पुनः संस्थाको खातामा जम्मा गरेका छन् ।

संस्थाका महासचिव मुनेन्द्रले २२ हजार डलर र कोषाध्यक्ष बिजयले १० हजार ५०० डलर संस्थाको खातामा फिर्ता गरेका हुन् ।

संस्थाको रकम मध्ये ७ हजार ५ सय डलर पहिल्यै नै काठमाण्डौको गागलखेतीको भुकम्प पीडित बिद्यालय निर्माणको लागि निकासा गर्ने निर्णय भए पनि विवाद आएपछि मात्र कोषाध्यक्षले निकासा गरेको जनाइएको छ । हिनामिना भएको रकम मध्ये अध्यक्ष गोरख बिष्टको नाममा काटिएको ५ हजार डलरको चेक पनि कोषाध्यक्ष थुलुंगले अन्यत्रै जम्मा गरेको र आफुले चांडै फिर्ता गर्ने लिखित जानकारी संस्थालाई दिएका छन् ।

भुकम्प आए लगत्तै अध्यक्ष बिष्टको नेतृत्वमा नेपालमा पुगेर सहयोग गरेको संस्थाले नेपालमा ३९ लाख रुपैया नगद र भौतिक सहयोग समेत गरेको थियो । संस्थाको नाममा रहेको खातामा अध्यक्ष बिष्ट, महासचिव नेम्वाङ र कोषाध्यक्ष थुलुङको संयुक्त नाममा रहेको भए पनि अध्यक्षको जनाकारी बिना दुइ जनाले रकम निकालेको अध्यक्षले थाहा पाएका थिए ।

अध्यक्ष बिष्टले रकम हिनामिना भएको खबर सार्वजनिक गरेपछि महासचिव र कोषाध्यक्षले पनि अध्यक्ष बिष्टलाई उल्टै आरोप लगाएका थिए । तर अध्यक्षले रकम हिनामिनाबारे छानविन सुरु गरेपछि दुई पदाधिकारीले आफुले झ्वाम् पार्न खोजेको रकम पुनः खातामै फिर्ता गराएका हुन् ।

रकम पुन खातामा आएको पुष्टि गर्दै अध्यक्ष बिष्टले आफु सिपिएसँग परामर्शमा रहेको र त्यसपछि सबै हिसाब बाहिर ल्याउने बताएका छन् । प्राय राजनीतिक रुपमा विवादमा आउने यो समितिले यस पटक भुकम्प पीडितको रकम हिनामिना प्रकरणबाट आफ्नो विश्वसनीयता समेत गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment