+
+
Shares

पाँचथरमा खुकुरी प्रहारबाट एकको हत्या, दुई घाइते

रविन भट्टराई रविन भट्टराई
२०७३ साउन ४ गते १२:०२

knife

४ साउन, ताप्लेजुङ । पाँचथरको फिदीम २ मा आज विहान खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम २ का ५० बर्षीय देवराज लिम्बु छन् । छिमेकी जय तुम्बाफोको घरमा किरियापुत्री रुङ्न बसेका स्थानीय १९ वर्षका कुन्दन भन्ने मनोज तुम्बाहाम्फे र देवराज लिम्बुबीच वादविवाद भएको थियो । विवाद साम्य भएपछि घरतर्फ लागेका देवराजलाई मनोजले पिछा गर्नै घरमै गएर खुकुरी हानेको प्रहरीले जनाएको छ ।

राती १ बजे घरमै पुगेर मनोजले देवराजमाथी अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका उनकी २६ बर्षीया छोरी सावित्रा लिम्बु र १९ वर्षका छोरा आइन्द्र लिम्बुसमेत घाइते भएका छन ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तीनै जनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजानेक्रममा बाबु देवराजको बाटैमा मृत्यु भएको हो ।

घाइते दिदी भाइको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि धरान घोपा पठाइएको छ । खुकुरी प्रहार गर्ने मनोज तुम्बाहाम्फे फरार रहेकाले खोजी भइरहेको पाँचथरका प्रहरी प्रमुख कृष्ण कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?