+
+
Shares

एमालेले राख्यो संविधान संशोधनको प्रस्ताव

'संवैधानिक अस्पष्टतामा टेकेर सरकार लम्ब्याउन चाहँदैनौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते १३:३१
Uml-meet
फाइल तस्वीर

४ साउन, काठमाडौं । नयाँ सरकार गठनमा ‘संवैधानिक अस्पष्टता’ रहेको दाबी गर्दै आएको सत्तारुढ नेकपा एमालेले त्यसकै आधारमा सत्ता नलम्ब्याउने जनाएको छ । बरू उसले अस्पष्टता हटाउन संविधान संशोधनको विकल्प अघि सारेको छ ।

सत्ता साझेदार नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अल्पतमा परेको छ । तर, एमाले नेताहरुले संविधानमा नयाँ सरकार गठनबारे स्पष्ट उल्लेख नभएको भन्दै यही अवस्थामा अर्को सरकार गठन नहुने तर्क गर्दै आएका छन् ।

कांग्रेस, माओवादी, मधेसी मोर्चा र एमालेकै केहि नेताहरुले नयाँ सरकार गठनको बाटो खोलिदिन दबाव दिइरहेका बेला मंगलबार एमाले स्थायी कमिटीको बैठक बसेको छ ।

बैठकमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनबारे संविधान अस्पष्ट भएकोबारे बैठकमा छलफल भयो । त्यहि अस्पष्टतालाई टेकेर सरकार लम्बाउन एमाले चाहँदैन । तर, यसबारे प्रष्ट भने हुनुपर्छ ।’

संविधान संशोधनबारे प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार कांग्रेस र माओवादीका शीर्ष नेताहरु समक्ष प्रस्ताव राखेका थिए । एमाले अहिले त्यही जवाफको प्रतिक्षामा छ ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले भने, ‘हिजो प्रचण्ड र देउवा जीसँग प्रधानमन्त्री ज्यूले संविधान संशोधन गर्नुपर्ने प्रस्ताव राख्नु भएको थियो तर त्यसको स्पष्ट जवाफ आइसकेको छैन ।’

संसदमा प्रतिवाद गर्ने 

एमालेले अहिले सरकार परिवर्तनको खेललाई संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्रको संज्ञा दिएको छ । संसदमा त्यसको प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ ।

आर्थिक विधेयकको प्रक्रिया अघि बढाउनुको साटो अविश्वासको प्रस्तावमा छलफलको मिति तोकेको भन्दै एमाले लगायत सत्तापक्षका सांसदहरुले सभामुख ओनसरी घर्तीको आलोचना गरेका छन् ।

‘अहिले जुन अवस्था आइरहेको छ, त्यो संविधान कार्यान्वयन गर्न नदिने बाटो हो,’ नेता ज्ञवालीले भने, ‘माओवादीले बजेटसमेत पास हुन नदिने गरी सभामुखले कार्यसूचीबाट हटाउने कदमबारे एमालेले संसदमा प्रतिवाद गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?