तपाइलाई थाहा छ, नायक अनमोल केसी आमा सुस्मिता केसीको पहिरनमा समेत सचेत रहन्छन् । अझ, चलचित्रको भाषामा भन्नु पर्दा आमाले लगाउने पहिरनमा समेत अनमोल हस्तक्षेप गर्छन् ।
यो कुरा स्वयंम नायिका सुस्मिता केसीले एक कार्यक्रममा खुलासा गरेकी हुन् । सुस्मिताका अनुसार अनमोललाई उनले छोटो पहिरन लगाएको मनपर्दैन । यसैले कैयौ पटक उनले अनमोलका कारण लगाएको पहिरन फुकालेर अर्को लगाएकी छिन् ।
अनमोलले पनि यो कुरा स्विकार गरे । उनका अनुसार आमाले साह्रै छोटो पहिरन त लगाएकी छैनन् । तर, आमा सुस्मिताले आकर्षक र लामा लुगा लगाएको अनमोललाई मनपर्छ ।
अनमोल आफ्ना बाबु भूवन केसी र आमा सुस्मिता केसी मिलेर बसेको खण्डमा आफू सर्वाधिक खुशी हुने बताउँछन् । तर, सबै कुरा आफूले भने जस्तो नहुने अनमोलले बताए । नायक केसी आफैले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’को प्रचारका क्रममा मस्ती मुडमा बोलिरहेका थिए ।
प्रतिक्रिया 4