Comments Add Comment

एमसीसीलाई नेपालले दियो २१८ रनको लक्ष्य

Nepal-Vs-mcc

४ साउन, काठमाडौं । लर्डसमा भएको खेलमा नेपालले मेरिलिबोन क्रिकेट क्लबसामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ८० ओभरमा ८ विकेट गुमाएर २१७ रन बनायो । नेपालको सुरुवात राम्रो हुन सकेन । ओनपन अनिल मण्डल आउट हुँदा टिमको स्कोर १८ रन थियो । तर, त्यसपछिका ब्याट्सम्यानले सम्हालिएर खेले ।

शरद भेषावकर र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । भेषावकर २७ रनमा आउट भए । त्यसपछि आएका कप्तान पारस खड्काले ज्ञानेन्द्रसँग ५४ रनको साझेदारी गरे । उपकप्तान मल्ल ३९ रनमा आउट भए ।

थप तीन रन जोड्दा कप्तान पारस पनि व्यक्तिगत ३० रनमा आउट भए । तर, त्यसपछि आएका जिनोद भण्डारी बाहेक अरु व्याट्सम्यानले पनि २० भन्दा बढी रन जोडे र नेपालको स्कोर सम्मानवनक बन्यो ।

सागर पुनले २६, राजु रिजालले २४, सोमपाल कामीले २० रन बनाए । विनोद भने ९ रनमा आउट भए । बसन्त रेग्मी २४ र शक्ति गौचन शून्य रनमै अवितित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment