Comments Add Comment

प्रशिक्षक र कप्तान भन्छन् : कुवेतलाई बराबरीमा रोक्छौं

११ चैत्र, काठमाडौं । नेपालले कुवेतसँग आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा खेल्दैछ ।

घरेलु टोली कुवेतसँग नेपालले नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने रणनीतिमा छ ।

प्रशिक्षक योहान कालिनले कुवेतलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताएका छन् । मुख्य प्रशिक्षक योहान कालिनले भने, ‘कुवेत हामीविरुद्ध आक्रामक खेल्ने छ । हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो ।’

पहिलो खेलले आत्माविश्वास बढेको भन्दै दोस्रो खेलमा पनि सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक कालिनले भने ।

यता, कप्तान विराट महर्जन पनि कुवेतलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताउँछन् ।

कप्तान विराजले भने, ‘हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं । सबै खेलाडीहरुले आफ्नो तर्पmबाट सक्दो प्रयास गर्ने छन् ।’

गत बिहीबार राति भएको खेलमा खेलअवधिभर दबाबमा रहेपनि कुवेतविरुद्ध नेपालले बराबरी खेल्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment