Comments Add Comment

भरतको ह्याट्रिकले पुलिस क्लब सेमिफाइनलमा

११ चैत, हेटौंडा । भरत शाहको ह्याट्रिकको मद्दतले बिभागिय टोली नेपाल प्रहरी क्लब हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शाहले प्रतियोगिताको १२, ४२ र ४३ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । शाहको ह्याट्रकसँगै काठमाडौंको फ्रेण्डस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको भएका छन् ।

प्रतियोगिताको अन्तिम दुईको खेलमा पुलिसले आयोजक मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दि म्याच प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी शाह घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

खेलको पहिलो हाफमा पुलिसले फ्रेण्डस् माथि पूर्ण दवाब कायम गरे पनि दोस्रो हाफमा सकेको थिएन । दोस्रो हाफमा केही फर्ममा फर्किएको फ्रेण्डसले स्कोर भने निकाल्न सकेन ।

फ्रेण्डसका लागि बिदेश खेलाडि फोपना र स्याकोनले पाएको मौका सदुपयोग गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरीएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार थ्रिस्टार क्लब र सरस्वती क्लबले अन्तिम क्वार्टरफाइनल खेल खेल्नेछन् ।

यसअघि क्यामरुनी टोली दाफिन्स र मकवानपुर ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरी सकेका छन् । जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment