+
+
Shares

धेरै नुन खानु यसकारण हुन्छ हानिकारक

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते ८:४४

saltवर्षौँसम्म लगातार अत्यधिक नुन हालिएका खानेकुराको सेवन गर्नाले शरीरमा युरिक एसिड बन्ने तथा पिसाबमा एल्बुमिनको मात्रा बढि हुनुका साथै रक्त धमनीहरुलाई समेत क्षतिग्रस्त बनाउने एक अध्ययनले देखाएको छ । धेरै नुनिलोपना भएका खानेकुरा खानेहरुमा उच्च रक्तचापको समस्या पनि बढि पाइने गरेको छ ।

अमेरिकन हार्ट एसोसिएसनले प्रकाशित गरेको सर्कुलेसन नामक शोधपत्रमा यस्तो खतरा औँल्याइएको छ । शोधकर्ताहरुले मानिसले गर्ने सोडियमको खपत र रगतमा युरिक एसिडको स्तरका साथै पिसाबमा एल्बुमिनको मात्रा बीचको सम्बन्धको अध्ययन गरेका थिए । रक्तनलीहरु क्षतिग्रस्त हुँदा पिसाबमा एल्बुमिनको मात्रा बढि पाइन्छ ।

उच्च रक्तचापको औषधि नलिएका मानिसहरुलाई अध्ययन सहभागी गराइएको थियो । धेरै नुन अर्थात् सोडियमको सेवनले मानिसमा समयक्रमसँगै युरिक एसिड तथा एल्बुमिनको समस्या बढाउने गरेको पाइएको छ ।

शोधका अनुसार यदि खानामा नुनको मात्रा बढि भयो भने युरिक एसिड र पिसाबमा एल्बुमिनको मात्रा बढ्दछ । जसका कारण हाइपरटेन्सन हुने खतरा उच्च हुन्छ । कम मात्रामा सोडियमको सेवन गर्ने मानिसमा भन्दा धेरै सोडियमको सेवन गर्ने मानिसमा उच्च रक्तचापको खतरा २१ प्रतिशत बढि हुने गगरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?