Comments Add Comment

म्याग्दीको तोराखेतमा पहिरो: तीन घर बगायो

landslide६ साउन,  म्याग्दी । म्याग्दीको भकिम्ली–९ तोराखेतमा पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । बुधबार दिउँसो गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको छ ।

त्यसैगरी, धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीय टेकबहादुर मल्लले जानकारी दिएका छन ।

मल्लले दिएको जानकारी अनुसार गत सालको पहिरोले क्षति पुर्याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन ।

पहिरो गएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थलमा पठाइएको र प्रहरीले सतर्क रहन आग्रह गर्दै माइकिङ गरेर फर्केको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।  प्रनाउ खड्काले पहिरोले घरगोठ बगाएको बारेमा आफूलाई कुनै जानकारी नआएको बताए ।

विगत पाँच वर्षदेखि तोराखेतमा पहिरो खस्दै आएको छ । पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन् । बुधबार पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो । पुरानो पहिरो भएपनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका वडा नं. ४ बगरफाँटसमेत जोखिममा परेको छ ।

जिल्लाकै ठूलो दीर्घकालीन असरपार्ने पहिरोको रुपमा समेत चिनिएको तोराखेत पहिरोले विस्थापित भएकाले विगतदेखि नै उचित स्थानको माग गरे पनि सम्बन्धित निकायबाट सहयोग नभएको गुनासोसमेत गर्ने गरेका छन् ।

पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएपछि त्यहाँका १२ घर परिवार घरजग्गाबिहीन बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment