Comments Add Comment

अविश्वास प्रस्ताव अमुक दलको सत्ता चढ्ने भर्‍याङः डा. भट्टराई

'संसदीय पद्धतिको फोहोरी खेल सुरु'

६ साउन, महोत्तरी । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अमुक दलहरुको सत्ता चढ्ने भर्‍याङमात्र भएको टिप्पणी गरेका छन् । उनले संसदमा परम्परागत संसदीय पद्धतिको फोहोरी खेल सुरु भएको समेत बताए ।

Dr.-Baburam-Bhattarai
फाइल तस्वीर

महोत्तरीको बर्दिबासमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले केपी ओली नेतृत्वको अहिलेको सरकार असफल भए पनि कांग्रेस र माओवादी गठबन्धनसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका नभएको बताए ।

‘वर्तमान सरकार जनतालाई सुशासनको अनुभूति दिन, भूकम्पपछिको पुनर्निर्माण अघि बढाउन र बैदेशिक सम्बन्ध सुमधुर राख्न असफल त भएकै हो,’ डा. भट्टराईले भने, ‘तर, यसलाई ढाल्न उद्दत् दलसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका भने छैन ।’

उनले सरकार बनाउने र ढाल्ने गलत परम्पराले राजनीतिक अस्थीरता भएको बताए । डा. भट्टराईले सरकार बनाउने र ढाल्ने गलत परम्पराले स्थिर सरकार बन्न नसक्दा विकास निर्माणका काम पनि प्रभावित भएको बताए । उनले राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हुनुपर्ने दोहोर्‍याए ।

मुलुकको अहिलेको आवश्यकता आर्थिक समृद्धि रहेको बताउँदै डा भट्टराईले आफ्नो पार्टी यही अभियानमा केन्दि्रत रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment