Comments Add Comment

व्यवस्थापन पक्ष र व्यवसायीबीच ३ बुँदे सहमपतिपछि पोखरा ट्रेडमल खुल्यो

Pokhara-Trade-Mall
६ असार, काठमाडौं । पार्किङ शुल्क विवादमा बन्द भएको पोखराको सबैभन्दा ठूलो सपिङ कम्प्लेक्स ‘पोखरा ट्रेडमल’ बिहीबारदेखि खुलेको छ । व्यवस्थापन पक्ष र व्यवसायीबीच ३ बुँदे सहमति भएपछि ट्रेडमल खुलेको हो ।

दुबै पक्षबीच अबदेखि जस्तोसुकै समस्या परे पनि ट्रेडमल बन्द नगर्ने सहमति भएको छ । यदि कुनै समस्या उत्पन्न भएमा तत्कालै वार्तामार्फत समाधान गर्ने सहमति भएको ट्रेडमलका प्रबन्ध निर्देशक मिनराज काफ्लेले जानकारी दिए ।

पोखरा ट्रेडमलमा हाल मोतिलाल पौडेललाई दिइएको पार्किङ व्यवस्थापन खारेज गरेर त्यहीँका व्यवसायीसुरेश नेपालीलाई दिने सहमति भएको छ । नेपाली पोखरा ट्रेडमल व्यववसायी समितिका संयोजक हुन् ।

दुबै पक्षबीच भाडा नतिर्ने व्यवसायीलाई निस्कासन गर्ने पनि सहमति भएको छ । अहिलेसम्म भाडा, विद्युत महशुल लगायतका शुल्क नतिरेकालाई साउन २५ गतेसम्ममा तिरिसक्न अपिल गर्ने र त्यसपछि पनि अटेर गर्नेलाई निस्कासन गर्ने सहमति भएको प्रबन्ध निर्देशक काफ्लेले जानकारी दिए ।

यसअघी व्यवस्थापन पक्षले घण्टे शुल्क लगाएको भन्दै व्यवसायीहरुले सोमबारदेखि चिप्लेढुङ्गास्थित ‘पोखरा ट्रेडमल’ बन्द गराएका थिए । व्यवस्थापन पक्षले भने घण्टे शुल्क नलगाएको जिकिर गर्दै आएको छ ।

व्यवस्थापन पक्षले मोटरसाइकल पार्किङ गरेवापत पहिलो ३ घण्टा ५ रुपैयाँ र त्यसपछि मात्र घण्टे पार्किङ शुल्क लाग्ने बताएको थियो । व्यवसायीलाई भने महिनाको एक सय रुपैयाँमा पार्किङ गर्ने ब्यबस्था गरिएको व्यवस्थापन पक्षको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment