Comments Add Comment

सप्तकोसीमा बाढीको बहाव बढ्यो, २५ ढोका खोलियो

६ साउन, इटहरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसँगै कोसी ब्यारेजका २५ वटा ढोका खोलिएको छ ।

Saptakoshiबिहीबार बिहान ७ बजे कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन गरिएको थियो ।

नदीमा बाढीको बहाव बुधबार साँझदेखि नै निरन्तर बढिरहेको थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् ।

यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी २ लाख ३५ हजार क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन गरिएको थियो । सो दिन कोसी ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment