Comments Add Comment

त्रिवि सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त

६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मा नियुक्त भएका छन् ।

Chaitanya-Sharmaप्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसबमोजिम तीन वर्षका लागि उनलाई आज नियुक्त गरेका हुन् ।

यसअघिका अध्यक्ष प्रा. डा. ईश्वरचन्द्र दत्तको कार्यकाल सकिएपछि त्रिविका रसायनशास्त्रका पूर्व सहप्राध्यापक तथा पूर्व उपनियन्त्रक शर्मालाई नियुक्त गरिएको हो ।

विघटित उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष शर्मा मदन भण्डारी मेमोरियल कलेजका पूर्व क्याम्पस प्रमुख पनि हुन् ।

शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment