+
+

ओलीले चुनाव घोषणा गर्ने देउवा-प्रचण्ड डर !

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते २०:५२

3 Party meeting_onsari

६ साउन, काठमाडौं । केपी ओली नेतृत्वको सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका योजनाकार हुन् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड ।

र, दुबै नेता अविश्वासको प्रस्तावअघि बजेटसँग सम्वन्धित विधेयकहरू पास हुन नलिने अडानमा छन्, जसको भित्री कारण हो-‘ओली फोबिया ।’

प्रमुख तीन दलवीच सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीको पहलमा बिहीबार शीर्ष नेताहरुवीच दुईपटक वार्ता भयो । तर, ओली, प्रचण्ड र देउवाले अडान छाडेका छैनन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बजेटसँग आश्रति विधेयक पेश नभई अविश्वासको प्रस्ताव पेश भए संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ ।

नेताहरुले अडान नछाड्दा बिहीबारको संसद बैठक शुक्रबारका लागि सरेको छ । उसो त बिहीबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले ‘प्याकेज सहमति’को प्रस्ताव पेश गरेका छन् । तर, यसमा सहमति जुट्ने सम्भावना अझैसम्म देखिएको छैन । भोलिसम्म सहमति गर्ने भन्दै संसद बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।

ओलीको त्रास

स्रोतहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा अझै पनि बजेटसँग आश्रति विधेयक पास गर्न दिन तयार छैनन् । यसका पछाडि डरले ठूलो काम गरेको छ ।

स्रोत भन्छ- प्रचण्ड र देउवालाई डर छ कि यदि अविश्वासको प्रस्ताव पहिले पास नगर्ने हो भने प्रधानमन्त्री ओलीले चुनाव घोषणा गर्छन् ।’
यद्यपि केपी ओलीले चुनाव घोषणा नै गरे पनि संसद विघटन गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको माओवादी र कांग्रेसका शीर्षनेताहरुको बैठकमा नेताले विश्लेषण गरेका छन् । तर, प्रचण्ड र देउवा अझै पनि विनियोजन विधेयक पास गर्न दिन तयार नभएको कांग्रेसका एक नेता बताउँछन् ।

संविधानको धारा २९६ को १ मा नयाँ संविधान जारी भएपछि संविधानसभा स्वत संसदमा रुपान्तरण हुने र त्यस्तो संसद ०७४ माघ ७ गतेसम्म कायमै रहने उल्लेख छ भने उपधारा २ मा यदि त्यसपघि नै केन्द्रीय संसदको चुनाव हुने अवस्था आएमा मनोनयन दर्ता नहुँदासम्म यो संसद कायमै रहने प्रष्ट व्यवस्था छ ।

बजेटमा भोट हाल्न नपरे हुन्थ्यो

नेताहरुका अनुसार बजेट आश्रति विधेयकको पक्षमा भोट हाल्नु नपरे हुन्थ्यो भन्नेमा कांग्रेस र एमाले दुबै सहमत छन् । तर, यदि त्यसलाई फेल गर्ने हो भने कर उठाउन नैतिक संकट आउने भएकाले के गर्ने भन्नेमा निर्णय लिन गाह्रो भएको छ ।

कांग्रेस सभापति देउवासहितका नेताहरुले यदि अविश्वासको प्रस्ताव अघि बजेटसँग सम्वन्धित विधेयक पास गरे ‘सरकारले विश्वासको मत पायो, अब अर्को ६ महिना अविश्वासको प्रस्ताव पेश गर्न पाइँदैन’ भनेर अदालत जाने खतरा देख्छन् । एमाले यस्तो चलखेल गर्ने र यसले सरकार गठनको प्रक्रिया लम्बिने देउवालाई डर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?