Comments Add Comment

महिलाको गुप्तांगभित्र बिरालोको रौँ को डल्ला

cat hairधेरै बिरालो प्रेमीहरु घरमा पालेको बिरालोलाई आफुसँगै ओछ्यानमा सुताउँछन् पनि । तर यसरी आफुसँगै बिरालोलाई सुताउनु निकै खतरनाक सावित हुने देखिएको छ । बिरालोसँगै सुत्ने गरेकी एक महिलाको यौनांग भित्रबाट बिरालोका रौँ को डल्लो नै निकालिएको छ ।

मिचेल ब्यारो नामकी महिलाले घरमा क्रिकेट र डोनट नामका दुइ बिरालो घरमा पालेकी थिइन् र दिनहुँ दुबै बिरालोलाई श्रीमानसँगै ओछ्यानमा संगै सुताउँथिन् ।

ती बिरालोको जिउबाट दिनहुँ थुप्रै रौँ ओछ्यानमा झर्दा रहेछन् र रातमा सुतेको बेला बिरालोका रौँहरु मिचेलका लोग्नेको यौनांगमा टासिँदा रहेछन् । यसरी लोग्नेका लिंगमा टाँसिएका बिरालोका रौँहरु सहवासका क्रममा ती महिलाको यौनांगभित्र छिर्दै गएछन् । र, यो क्रम लामो समयसम्म चलिरह्यो र उनको यौनांगभित्र ठूलो परिमाणमा बिरालोका रौँ थुपि्रए । वास्तवमा उनले गर्भनिरोधका लागि यौनांगभित्र राखेको आइयुडीमा बिरालोका रौँ अडि्कएका थिए ।

पछि उनलाई पेट दुख्ने समस्या उत्पन्न भयो । पेट किन दुख्यो भन्ने कुरा पत्ता लगाउन डाक्टरहरुलाई सुरुमा निकै गाह्रो भयो ।

तर जब उनी यौनरोग विशेषज्ञकहाँ गएर चेकजाँच गराइन् तब उनको गुप्तांगभित्र रौँको डल्लो रहेको पत्ता लाग्यो । डाक्टरहरुले उनको यौनांगभित्रबाट रौँको डल्लो बाहिर निकाले । ती रौँ उनले घरमा पालेका बिरालोका रौँ रहेको कुरा समेत खुलासा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment